Radio Golden Live..

माओवादी नेता पुनलाई थप उपचारका लागि बैंकक लगिँदै


काठमाडौं, १५ फागुन । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि आज बैंकक लैजाने तयारी भएको छ ।

गम्भीर अवस्था भएपछि करिव एकसाता अगाडि नेता पुनलाई काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा धेरै सुधार आउन नसकेको आफन्तको भनाइ छ ।

नेता पुनलाई ज्वरो आउने र बान्ता हुने क्रम नरोकिएपछि बैंककमा थप उपचारका लागि लैजान लागिएको आफन्तले जनाएका छन् ।

सभामुख ओनसरी घर्तीका पति समेत रहेका नेता पुनलाई यसअघि पनि बैंककमा उपचार गरिएको थियो । जण्डिसका कारण बिरामी परेका पुनले नियमित चेकअप गराउँदै आएका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]