Radio Golden Live..

यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ


भक्तपुर, १५ फागुन । भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]