काठमाडौं, १८ फागुन । बीबीसीको जागिर छाडेर राजनीतिमा होमिएका पत्रकार रवीन्द्र मिश्रको पार्टीको नामको टुंगो लागेको छ । जसअनुसार पार्टीको नाम साझा पार्टी हुने भएको छ ।
मिश्रले बुधबार पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । मिश्रका अनुसार निवेदन आयोगले दर्ता गरेको छ । पार्टीले चुनावमा भाग भने लिन पाउनेछैन् ।
मिश्रले मंगलबार मात्रै बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा लाग्ने घोषणा गरका थिए ।