Radio Golden Live..

च्याउ खाँदा एक बालिकाको मृत्यु


लमजुङ, २२ चैत । विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–५ रम्घा जगनपुरकी ११ वर्षीया सङ्गीता थापाको मृत्यु भएको हो ।

घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर सोमबार साँझ तरकारी खाएपछि थापासहित उनका परिवारका पाँच जना बिरामी भएका थिए । बिरामी भएका थापा परिवारलाई छिमेकीले उपचारका लागि पोखरा लगेका थिए ।

थापाको पोखरा गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । च्याउ खाएर बिरामी भएका अन्य चार जनालाई उपचारपछि घर ल्याइएको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]