Radio Golden Live..

सफ्टवयेर क्षेत्रमा सहकार्य र दुर्गमका विद्यालयलाई सहयोग गर्ने चाहना छ

शंकर के.सी, सफ्टवयेर विज्ञ

शंकर के.सी बि.सं २०२९ साल साउन ३१ ग्ते ललितपुरको एकान्तकुनामा जन्मिएका शंकर के.सीले ललितपुर मा.विबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले उच्च शिक्षा हासिल गर्नु भयो । त्यसपछि थप अध्ययनको लागि भारत जानु भयो । दिल्ली र मद्रासमा सन् २००५ मा अमेरिका जानु भयो । उहाँ सुरुमा सफ्टवेयर सम्बन्धी पढ्नको लागि अमेरिका जानु भएको थियो, तर पढाइसँगै त्यसमै सक्रिय भएर लाग्नु भयो । १२ वर्षदेखि त्यसमै क्रियाशील हुनुहुुन्छ । अहिले उहाँ क्लालिफोनिर्यास्थित सेजलित नामक सफ्टवेयर सम्बन्धी कम्पनीका उपाध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ उहाँसँगको संक्षिप्त कुराकानी

अमेरिका किन जानु भयो ?

सुरुमा म अमेरिका सफ्ववेटर सम्बन्धी पढ्न गएको थिए । सफ्टवेर पढ्ने क्रममै प्रोजैक्टमा काम पाए । टेक्ससको ग्लोबल साइनिस कम्पनीमा कन्सल्टेन्सीको रुपमा काम गर्ने मौका मिल्यो । त्यही कम्पनी मार्फत सफ्टवेयर क्षेत्रमा क्रियाशील भएर विभिन्न कम्पनी हुँदै अहिलेको अवस्थामा आइपुगेको हुँ ।

त्यो कम्पनीमा कति वर्ष काम गर्नु भयो ?

ग्लोबल साइनिसमा मैले सन् २२०५ देखि २००७ सम्म काम गरे । त्यसपछि टेक्ससकै अरु कम्पनीमा काम गरे । सन् २००८ सम्म टेक्ससमा रहेर काम गरे त्यसपछि क्यालिफोर्नियातिर लागको हुँ । क्यालिफोनिर्यामा केही साथीहरु मिलेर ५ वर्षदेखि सफ्टवेयर सम्बन्धी आफ्नै कम्पनी चलाएका छौ ।

कम्पनीमा कति जनालाई रोजगारी दिनु भएको छ ?

नेपाली, भारतीय, चाइनिज र अफ्रिकन गरी २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसबाट अप्रत्यक्ष रोजगारी पाउने धेरै छन् । अझै धेरैलाई रोजगारी दिने हाम्रो योजना छ । त्यसको लागि विभिन्न अवसर सृजना गर्ने तयारी गरिरहेका छौ ।

यहाँ कुन क्षेत्रको सफ्टवेयरमा क्रियाशील हुनुहुन्छ ?

अहिलेसम्म हेल्थकेयर, फाइनान्स, रिटेल, टेलिकम, र बैकिंङ क्षेत्रको सफ्टवेयर अपग्रट तथा नयाँ बनाउने कार्यमा सक्रिय छु ।

विदेशमा बसेर सफ्टवेयरको काम गर्दा कस्तो महशुस भएको छ, सजिलो कि ग्राहो ?

ग्राहौ सजिलो भन्ने कुरा योग्यता र अनुभवको आधारमा हुने हो । जुनसुकै क्षेत्रमा पनि अदक्ष व्यक्तिलाई ग्राहो हुन्छ । दक्ष व्यक्ति सजिलो लाग्छ । सप्टवेयेर क्षेत्रमा पनि काम नजान्नुजेल गाह्रो हो । काम जानेपछि केही ग्राहो छैन । मलाई सप्टवेयर क्षेत्रको काम अत्यन्तै सजिलो लाग्छ ।

अमेरिकामा सफ्टवेयर क्षेत्रमा कुन राष्ट्रका बासिन्दा बढी क्रियाशील छन् ?

अहिलेसम्म अन्य राष्ट्रको तुलनामा अमेरिकनहरु नै बढी छन् । यो क्षेत्रमा क्रियाशील भएकाहरु मध्ये ३८ प्रतिशत अमेपरिकन छन् । अमेरिकनपछि भारतीयहरु छन् । त्यसबाहेक नेपाली, बंगाली, चाइनिजहरु छन् । केही वर्षयता नेपालीहरुको वर्चश्व बढ्छ ।
अमेरिकामा लामो समय सफटवयेर क्षेत्रमा क्रियाशील भएर अहिले नेपाल आउनु भएको छ, धेरै वर्षपछि नेपाल फर्कदा कस्तो महशुस भएको छ ?
म अमेरिका गएको १२ वर्षमा नेपाल आएको छु । यसबीचमा यहाँ धेरै पविर्तन भएको छ । काठमाडौ उपत्यकामा शहरीकरण ह्वात्तै बढेछ । जनघनत्व बढेछ । घरहरु अव्यवस्थित रुपमा बनेको पाएँ । काठमाडौको सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलोले ग्रस्त, बजार अत्यन्तै कोलाहलयुक्त, प्रदूषण ग्रस्त । काठमाडौ बिजोग अवस्थामा पुगेछ । वातावरणीय अवस्था विजोग भएपनि अपार्टमेन्ट बन्न थालेछन् । डिपार्टमेन्ट स्टोर पनि प्रशस्तै खुलेछन् । त्यस्ता क्षेत्रमाचाही रामै्र विकास भएछ ।

नेपालको लागि के गर्ने योजना बनाउनु भएको छ ?

अब नेपालमा पनि सफ्टवेयर क्षेत्रमा केही गर्ने योजना छ । त्यसको साथै दुर्गम क्षेत्रका विद्यालयलाई सहयोग गर्ने चाहना छ । त्यसको लागि अहिले यहाँको अवस्था स्थिति बुझदै छु । यही क्रममा विभिन्न विद्यालय घुमे । हामीले विज्ञान तथा प्रविधि मन्त्रालय र अन्य सरकारी निकायसँग मिलेर काम गर्ने योजना बनाएका छौ । त्यसको लागि छलफल भइरहेको छ । त्यसको लागि यहाँ केही साथीहरु खटिइरहनु भएको छ । नेपालमा उत्कृष्ट आइटी इन्जिनियरलाई अमेरिका लगेर सफ्टवेयरको थप तालिम दिने योजना पनि बनाएका छौ । अब छिट्टै अमेरिका फर्कन्छु , अनि केही समयपछि फेरि आएर यहाँ सहयोग हुने केही काम थाल्नु पर्ला ।

यहाँ घुम्दा यहाँको सफ्ट वेयर कस्तो पाउनु भयो ?

मैले धेरै ठाउँमा हेरे । यहाँको सफ्टवेर त्यति राम्रो छैन । सफ्टवेयर जस्तो हुनुपर्ने हो त्यौ छैन । एक घण्टामा गर्नुपर्ने काम ४÷५ घण्टा लाग्ने अवस्था छ । सामान्य कामको लागि पनि घण्टौ अझिल्नु पर्ने स्थिति छ ।
के यहाँले यसलाई छिटो छरिटो पाउन सकिन्छ भन्न खोज्नु भएको हो ?
हो , हामीले सफ्टवेयरमा सहकार्य गरेर यसलाई व्यवस्थित बनाउन प्रयास गछौ । हाम्रो संलग्नताले यहाँ सफ्टवेयर छिटो र छरितो खालको हुनेछ । सानो कामको लागि पनि धेरै समय अल्झिनु पर्ने अवस्था हुँदैन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]