ef/tsf /fi6«klt k|0fj d’vhL{sf] d}qLk”0f{ lgdGq0ffdf /fi6«klt ljBfb]jL e08f/L ef/tsf] kfFrlbg] /fhsLo e|d0fsf nflu cfh gofFlbNnLtkm{ k|:yfg ug'{cl3 lqe’jg cGt/f{li6«o ljdfg:yndf . tl:a/ M /Tg >]i7, /f;; .
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गर्नुभयो ।
राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ ।
राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।