Radio Golden Live..

निर्वाचन सफल पार्न एक ढिक्का भएर अगाडि बढ्नुपर्ने


भक्तपुर, ६ वैशाख । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले स्थानीय तहको निर्वाचन सफल पार्न नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको सानोठिमी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको ४८ औँ स्थापना दिवसको अवसरमा नेविसङ्घ मध्यपुरले आयोजना गरेको युवा तथा विद्यार्थी भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो बेलामा काँग्रेस फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा उद्योग राज्यमन्त्री कन्चन वादे श्रेष्ठले भक्तपुरका सबै नगरपालिकामा काँग्रेसले जित हासिल गर्ने गरी अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै कार्यकर्ताको उत्साहलाई जितमा परिणत गर्नुपर्ने बताउनुभयो ।
सांसद रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्व सभापति गणेशमान चक्रधरले वडा तथा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस हुँदै आएको बताउँदै पार्टीले उठाएको उम्मेदवारलाई जिताउन भक्तपुर काँग्रेस एक भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]