Radio Golden Live..

गृहमन्त्री निधिको पदबाट राजिनामा


काठमाडौँ, १७ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै आज दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उहाँले उल्लेख गर्नुभएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया दिनुभयो ।

पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]