Radio Golden Live..

काँग्रेस उम्मेदवारको घरमा सकेट बम


पर्वत, २१ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ ।

नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको उनकै कार्यालयमा प्लास्टिकभित्र राखिएको अवस्थामा बम फेला परेको हो । उक्त बम नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]