Radio Golden Live..

खुकुरी प्रहार गरी हत्या

भक्तपुर, २४ वैशाख । मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत सुवेदीलाई उनकै भतिज नाता पर्ने कौशलटार घर भएका १९ वर्षीय पारस कोइरालाले कोठामै गई खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो ।

घाइते सुवेदीको बिएन्डबी अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिँदै उहाँले फरार कोइरालाको खोजी भइरहेको बताउनुभयो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]