Radio Golden Live..

तीन दल र संघीय गठवन्धनको बैठक बालुवाटारमा


काठमाडौं २६ बैशाख । प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संघीय गठवन्धनले संविधान संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै संघीय गठवन्धनका नेताहरु सहभागी छन् । प्रमुख विपक्षी एमालेबाट उपाधयष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।

बैठकमा संविधान संशोधनसहितका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]