Radio Golden Live..

टर्कीमा बुढाथोकीलाई उपाधि


टर्कीको बोड्रम सहरमा सम्पन्न बालबालिकाको ‘अन्तर्राष्ट्रिय लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७’ मा नेपालकी चेली विशेषता बुढाथोकीले जितेकी छन् । विश्वका करिब तीन दर्जन मुलुकका बालबालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा काठमाडौंको बालुवाटारस्थित जोन डेवे स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा बुढाथोकीले जितेकी छन् । प्रतियोगिता अन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटल अन्तर्गतको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१७’ विधामा सेकेन्ड रनर्स अप भएकी बुढाथोकीको अन्तर्राष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्यान्डले गरेको हो । प्रतियोगिताका लागि बुढाथोकीलाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]