Radio Golden Live..

इतिहासको सम्मान ः कामी बुढालाई सहिद घोषणा

रमेश लम्साल

काठमाडौँ, १० जेठ । ‘या त म जितेर फर्कन्छु, नत्र रातो अक्षरले लेखेको चिट्ठी लिएर मेरा साथी आउनेछन्’ यो भनाइ हो सहिद कामी बुढाको ।

ग्रामीण जनजीवन सुधारका लागि राजनीतिक अधिकार दिनुपर्छ र ग्रामीण समुदायलाई राजनीतिको अग्रभागमा ल्याउनुपर्छ भन्ने लक्ष्यका साथ सशस्त्र सङ्घर्षमा लाग्नुभएका बुढाको इहलीला समाप्त भएको आज ६४ वर्षपछि सरकारले सहिदको नाम दिएको छ ।

विसं २००७ सालको जनक्रान्तिका योद्धासमेत रहनुभएका बुढालाई यसअघिका सरकारले सहिद घोषणा गर्ने वचन दिएको भए पनि कार्यान्वयनमा भने आउन सकेको थिएन । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले भने आज सशस्त्र सङ्घर्षका योद्धा बुढालाई सहिद घोषणा गरेर सम्मान दिएको छ ।

सरकारले सशस्त्र सङ्घर्षका योद्धा कामी बुढालाई सहिद घोषणा गरेको हो । उहाँको २०१० सालमा जुम्लाको चौभानमा हत्या भएको थियो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बुढालाई सहिद घोषणा गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । बुढालाई सहिद घोषणा गर्न लामो समयदेखि माग हुँदै आएको थियो । इतिहासलाई सम्झने र योगदानलाई सम्मान गर्ने लक्ष्यका साथ सरकारले आज बुढालाई सहिद घोषणा गरेको नेकपा ९माओवादी केन्द्र०का नेता एवम् ऊर्जामन्त्री शर्माको भनाइ छ ।

जानकारका अनुसार भारतीय सेनाबाट विद्रोह गरी २००७ सालको क्रान्तिमा सहभागी बन्न नेपाल आउनुभएका बुढा निरन्तर क्रान्तिमा लाग्नुभएको थियो । २००७ सालको ‘दिल्ली सम्झौता धोका हो’ भन्दै पश्चिम नेपालमा उहाँले सशस्त्र क्रान्ति थालनी गर्नुभएको थियो । उहाँ कम्युनिस्ट पार्टीसँग आबद्ध रहेर सङ्गठन निर्माण, छापामार प्रशिक्षण दिँदै ग्रामीण सङ्घर्ष गर्दागर्दै हुम्ला पुगेको बेला गिरफ्तार हुनुभएको थियो ।

रुकुम चौखावाङ–८ ९हाल मुसीकोट नगरपालिका १००, खर्सुपानीमा १९७८ सालमा जन्मिएका बुढा मगर बाबु खिन्तु बुढा र आमाको नाम मङ्गली बुढाको सुपुत्रका रुपमा जन्मनुभएको थियो । सहिद बुढाका बारेमा जानकार एवम् लेखक नरेन्द्रजङ्ग पिटरकाअनुसार ‘केही गर्नुपर्छ भन्ने विद्रोही मानवतावादी सोचका साथ उहाँ नेपाली क्रान्तिमा सामेल हुन नेपाल फर्किनुभएको थियो ।’

नेपाल फर्किएपछि २००७ सालको आन्दोलनमा उहाँ भैरहवा क्षेत्रमा डा केआई सिंहको नेतृत्वको मुक्ति सेनामा सहभागी हुनुभयो । दिल्ली सम्झौतापछि सशस्त्र विद्रोह रोकियो । उक्त सम्झौताको विरोधका अगुवा डा सिंह पनि गिरफ्तारीमा पर्नुभयो । सत्ता त फेरियो, तर राजनीतिक, आर्थिक र सामाजिक कुनै परिवर्तनको छाँटकाँट भने उहाँले देख्नुभएन । त्यसपछि कम्युनिस्ट पार्टीको खोजीमा लाग्नुभयो ।

किसान आन्दोलनमार्फत विद्रोहको नेतृत्व गर्दै प्यूठान, सल्यान, दैलेख, जुम्ला र हुम्ला पुग्नुभएको थियो । वास्तविक नाम कामी बुढा भए पनि उनी भारतीय सेनामा कमानसिंह बुढा, दैलेखमा धनबहादुर चन्द र जुम्ला–हुम्लामा शेरसिंह र धनबहादुर शाही भनेर चिनिनुभएको लेखक एवम् पत्रकार पिटरको भनाइ छ ।

विद्रोहको राप र ताप पहिला राज्यले चालै पाएन, वास्तै गरेन, जब विद्रोह फैलिँदै गयो, तब २००९ कात्तिकमा हुम्लामा उनको फौजलाई गिरफ्तार गरी जुम्लाको सदरमुकाम चौभानमा पु¥याइयो । उहाँसँगै जुम्ला–चौभान ल्याइनेमा १९ जना बन्दी थिए । अन्यलाई सामान्यजन भनेर छाडे पनि कामी बुढा र भवानीप्रसाद शर्मा अधिकारी भने जेल चलान भए ।

जुम्लामा पनि १५ जना कार्यकर्ता गिरफ्तारीमा परेर ६ महिना बन्दी बनाइए । जुम्लाको कुडारीमा सङ्गठन गरी हुम्ला लागेका कामी बुढा हुम्लाबाट चौभान ल्याइएपछि जुम्लाका गाउँबाट गिरफ्तार भएका हुन् । राजनीतिक विद्रोह कर्णाली प्रदेशभरि नै फैलिएको थियो । गिरफ्तार भएपछि सबै क्रियाकलापको जिम्मेवार आफू नै हुँ भनेर उहाँले सम्पूर्ण जिम्मा लिनुभएको थियो ।

लेखक तेजेन्द्र खाम मगरले ‘कामी बुढा मगरको जीवनी’ पुस्तक लेख्नुभएको दाङका पत्रकार नरेन्द्र केसी बताउनुहुन्छ । बुढाबारे शोध नै गरिरहनुभएका पत्रकार केसी सरकारले इतिहासको विरासतलाई सम्मान गरेको बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन नेकपा ९एकता केन्द्र०को रुकुम जिल्ला समितिको बैठकमा पार्टी सचिव एवम् जनमोर्चाका तत्कालीन सांसद खड्गबहादुर बुढाको प्रस्ताव र नेताद्वय मोहन वैद्य र रामबहादुर थापाको उपस्थितिमा बुढालाई सहिद घोषणा गर्ने निर्णय भएको थियो ।

माओवादी जनयुद्धको थालनीपूर्वको बैठकमा बुढालाई जनयुद्धको प्रेरणा–स्रोत मानेको थियो । तत्कालीन एकीकृत नेकपा ९माओवादी०को हेटौँडामा सम्पन्न एकताको सातौँ महाधिवेशनले बुढालाई सहिद घोषणा गरेको छ । रुकुम खलङ्गाको शीतलपोखरीमा २०६५ सालमा बुढाको सालिक निर्माण गरिएको थियो । सो सालिकको अनावरण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६८ मङ्सिर २० गते गर्नुभएको थियो । रुुकुमका अगुवाले ‘कामी बुढा अध्ययन समाज’ स्थापना गरेर स्मृति दिवस पनि मनाइँदै आएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]