Radio Golden Live..

प्रधानमन्त्रीबारे राजपाले आज निर्णय गर्ने


काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा समर्थन जुटाउन राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहयोगको लागी आग्रह गरेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा राजपाका अध्यक्षमण्डलका शीर्ष नेताहरुलाई बोलाएर देउवाले आफ्नो समर्थनका लागि लिखित आग्रह गरेका हुन् ।
आÏनो पक्षमा बहुमत जुटाउन सभापति देउवाले अन्य साना दलसँग पनि लिखित आग्रह गरेका छन् ।
सभापति देउवाले आफ्नो नेतृत्वमा बन्ने सरकारको समर्थनका लागि आइतबार हुने निर्वाचनमा मतदान गर्न विभिन्न पार्टीसँग उनले लिखित रुपमा आग्रह गरेका हुन् ।
संसद्मा २४ सिट रहेको विभिन्न छवटा मधेसी दल एकीकृत भएर बनेको राजपासँग सरकारलाई समर्थन गर्न उनले विशेष आग्रह गरेका हुन् ।
राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले देउवाले राजपासँग सो आग्रह गरेको जानकारी गराए । उनले देउवाले आग्रह गरे पनि राजपाको बैठक बसी निर्णयमा पुग्ने बताए । उनले भने, ‘आइतबार बस्ने बैठकले समर्थन गर्ने या नगर्नेबारे निर्णय गर्नेछ ।’

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]