Radio Golden Live..

सरकार र राजपा विच संविधान संशोधन अघि बढाउन वार्ता


काठमाडौं–सरकार र राष्ट्रिय जनता पार्टी विच संविधान संशोधन विधेयकलाई अघि बढाउने सहमती भएको छ । दोस्रो चरणको निर्वाचनको परिणाम अन्तिम अन्तिम चरणमा पुगेको समयमा यो सहमती भएको छ । संविधान संशोधन विधेयक संशोधन गर्न दुई तिहाई हुनुपर्ने भएपछि दुई तिहाई र्पुयाउन प्रमुख विपक्षी नेकपा एमालेसहितका दलहरुसँग सम्वाद गर्न सरकारले तयारी सुरु गरेको छ ।

दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएर राजपाका नेताहरु बालुवाटार पुगेका थिए । बैठकमा कांग्रेस, माओवादी र राजपाका शीर्ष नेताहरु सहभागी थिए ।
बैठकमा संविधान संशोधन र असोज २ गते घोषणा गरिएको तेस्रो चरणको निर्वाचनबारे कुराकानी भएको थियो । बैठकमा नेताहरु बीच संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपाका नेताहरुलाई सहभागी गराउन नेताहरु सकारात्मक देखिएका छन् ।
राजपाका नेताहरुले संविधान संशोधनसहित तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । राजपा नेता राजेन्द्र महतोले कांग्रेस प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संविधान संशोधन गरी उनीहरुको माग पुरा गर्ने बचन दिएको बताए । उनले भने, ‘उहाँहरुले वचन दिनु भो, यो सरकारले सहमति अनुसार काम अघि बढाउँछ’

कांग्रेस नेता रामचन्द्र पौडेलले राजपालाई चुनावमा ल्याउन संविधान संशोधन प्रयास गर्ने सहमति भएको बताए । उनले यसै महिना संशोधन पास गर्ने प्रयास हुने बताए ।
कांग्रेस नेता विमलेन्द्र निधिले संविधान संशोधन गर्न प्रयास गर्ने समझदारी भएको बताए । उनले भने, संविधान संशोधन पास गर्ने कोसिस गर्छौं । अन्य पार्टीहरुसँग भोलि छलफल गर्ने र सहमतीमा पुग्ने कुराकानी भएको छ ।’

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]