Radio Golden Live..

पल र पूजा हात्ती चढेर चलचित्रको प्रचार गर्दै


काठमाडौं– चलचित्र ‘म यस्तो गीत गाउँछु’का कलाकारहरु हेटौंडास्थित सम्पन्न अवार्ड कार्यक्रमपश्चात शुक्रबार चितवान पुगेका छन् ।
नयाँ शैलीमा । दर्शकलाई आफूतिर केन्द्रित गर्नका लागि चलचित्रका मुख्य कलाकार नायक पल शाह र नायिका पूजा शर्मा हात्तीमा चढे । यी दुइको साथमा कलाकार सरोज खनाल पनि हात्तीमा चढेका थिए ।

हात्तीका चढेर यी दुइले चलचित्रको प्रचार गरे । चलचित्रको ब्यानरसहित हात्तीमा चढेका यी दुइलाई हेर्न चितवनका दर्शकको बाक्लै भीड लागेको थियो । चितवनमा परेको पानीले पनि दर्शकलाई खासै असर गरेन । दर्शकले हात्तीमा चढेर चितवनको नारायणगढ वरिपरी घुमिरहेका पल र पूजालाई साथ दिए । उनीहरुले दर्शकलाई अभिवाद गरे र चलचित्र हेर्न आग्रह गरेका थिए ।

हेटौडाका पत्रकारहरुलाई भेटघाट गरेपछि पल र पूजा शुक्रबार चितवन पुगेका थिए । नायिका पूजा शर्माले भनिन्–‘चितवन पुगेपछि हात्ती नचढ्ने भन्ने कुरा नै आउँदैन । यसपटक, हाम्रा लागि हात्तीको यात्रा केही फरक रह्यो । दर्शकले हामीलाई राम्रो साथ दिएको देख्दा उत्साहित भएको छु ।’
हात्तीको यात्रा गर्नु अगाडि यी दुइले चलचित्रका कलाकार शोभित बस्नेतको साथमा चितवनका पत्रकारसँग भेटघाट गरेका थिए । पत्रकार भेटघाट कार्यक्रममा यी दुइले एउटा उत्कृष्ट लभ स्टोरी चलचित्र निर्माण भएको भन्दै दर्शकको माया पाउनेमा विश्वस्त भएको बताए ।

सुदर्शन थापा निर्दे्शित यो चलचित्र असार ३० गतेबाट देशभरका हलमा रिलिज हुदैछ । चलचित्रलाई लिएर अहिले दर्शकमा निकै उत्सुकता पनि बढेको छ । चितवनको पत्रकार सम्मेलन र हात्ती चढिसकेपछि पल र पूजा वुटवल पुगेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]