Radio Golden Live..

राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

काठमाडौँ -साउन । संरक्षकभूषण बज्राचार्य, प्रेरणा कोइराला, सम्यकभूषण र रायना शाह प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आज भएको खेलमा आआफ्नो स्पर्धामा च्याम्पियन बनेका संरक्षकले यु–१८ ब्वाइज सिंगल्स, प्रेरणा यु–१४ गल्र्स सिंगल्स, सम्यकले यु–१४ ब्वाइज सिंगल्स तथा रायनाले यु–१२ गल्र्स सिंगल्समा च्याम्पियन बनेका हुन् ।यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा संरक्षकले निनवाम राईलाई ६–० र ६–० ले सहजै पराजित गरे । चार खेलाडी सहभागी उक्त स्पर्धामा संरक्षक सबै तीन प्रतिद्वन्द्वीलाई हराउन सफल भए । सो स्पर्धामा प्रणव खनालले साम्राज्ञ कटवाललाई ६–० र ६–० को सीधा सेटमा हराउँदै दोस्रो भए । उनले दुई खेलमा जित हात पारे । एक खेलमा विजयी साम्राज्ञ तेस्रो भए । यु–१४ गल्र्स सिंगल्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई सिधा सेटमा ६–३ र ६–३ ले पाखा लगाइन् । प्रतिद्वन्द्वी आदित सुवेदीबाट फाइनलमा वाक ओभर पाएपछि सम्यकलाई भने उपाधि जित्न गाह्रो भएन । यु–१२ गल्र्स सिंगल्समा च्याम्पियन बनेकी रायनाले ईशाश्रीको चुनौती ६–४ र ६–० ले समाप्त पारिन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]