Radio Golden Live..

एमालेसँग पार्टी एकताको तयारीमा माओवादी के्न्द्र

काठमाडौँ, असोज। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेकपा एमालेसँग पार्टी एकता गर्न सकिने बताएका छन् ।


प्रेस सेन्टर रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सजिलो भएको बताउनुभयो । उहाँले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि एकताका लागि बहस चलाउन सकिने बताउनुभयो । दुबै दल समाजवादी क्रान्तिको बाटोमा अगाडि बढेकाले पार्टी एकताको सम्भावनालाई नकार्न नसकिने उहाँको भनाइ थियो । ‘दुवै पार्टीले पुँजीवादी क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्ति पूरा गर्न अगाडि बढ्ने पुनले बताउनुभयो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]