Radio Golden Live..

लोकतन्त्रवादीहरुलाई एक ठाउँमा उभिन आह्वान : संचारमन्त्री

काठमाडौ,१३ कात्तिक। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्ट पार्टीहरुले ल्याउन खोजेको एकदलीय तानाशाह विरुद्ध लोकतन्त्रवादीहरु एकठाउँमा संगठित हुनुपर्ने बताएका छन् ।

भक्तपुरमा नेपाली कांग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीले लेखेको आत्मवृतान्त ‘नलेखिएका इतिहास’ को लोकार्पण गर्दै सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रवादीहरुलाई एक ठाउँमा उभिन आह्वान गरेका हुन् । उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनबिरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे ।

उनले वाम गठबन्धनका नाममा नेपाली कांग्रेसलाई सिध्याउन खोज्ने दलहरुसँग कांग्रेस विचलित नहुने भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबीसमेत गरे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]