Radio Golden Live..

निर्वाचनका लागि पाँचथरमा ९ ओटा मतदान केन्द्र

पाँचथर, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचथरमा ९ ओटा मतदान केन्द्र थपिएको छ । स्थानीय तहको निर्वाचनमा १५६ ओटा मतदान केन्द्र रहेको पाँचथरमा अब भने १ सय ६५ ओटा मतदान केन्द्र हुने भएका छन् ।

फिदिमको फिदिम मावि खेलमैदान र सुखवोध मावि जोरसाल, हिलिहाङ, फालेलुङ गाउँपालिका लगायतका स्थानमा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले बताए ।

मतदाता थपिएकाले मतदान केन्द्र पनि थप्नुपरेको उनले बताए । पाँचथरमा स्थानीय तहको निर्वाचनपछि ९ हजार २१९ मतदाताहरु थपिएका छन् । पाँचथरमा १ लाख २५ हजार २१९ मतदाता रहेका छन् । १ हजार ६४ मतदाता बराबर एक केन्द्र राखिने तय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]