Radio Golden Live..

संघीय समाजवादी फोरम र नेपाल समावेशी पार्टीबीच एकता

काठमाडौ,२३ कात्तिक । संघीय समाजवादी फोरम र नेपाल समावेशी पार्टीबीच एकता भएको छ । सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारमा एकता घोषणा गरिएको हो । पार्टी एकीकरण कार्यक्रममा फोरम उपाध्यक्ष युवराज कार्की र समावेशीका तर्फबाट लोकेन्द्र कार्कीले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरिएको छ ।

एकीकरणपछि समावेशी पार्टीका तर्फबाट लोकेन्द्र कार्कीले पार्टी अध्यक्ष मोतीलाल भारती, कांग्रेससँग गला मिलाउन गएकाले आफू नेतृत्वको संघीयता पक्षधरको समूह फोरमसँग एकीकरणमा आएको बताए ।

यस्तै फोरमका तर्फबाट उपाध्यक्ष युवराज कार्कीले संघीयता पक्षधर शक्तिबीच एकीकरण आवश्यक रहेको भन्दै त्यस्ता २५ वटाभन्दा बढी शक्तिका बीचमा वार्ता भइरहेको जानकारी दिएका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]