Radio Golden Live..

निर्माणको स्थलगत अनुगमन, टोली आज अमलेखगञ्जदेखि रक्सौलसम्म जाने

काठमाडौ,२४ कात्तिक । पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको स्थलगत अनुगमन एव अध्ययन गर्नकालागि नेपाल आएको भारतीय आयल कर्पोरेसनको टोली आज अमलेखगञ्जदेखि रक्सौलसम्म जाने भएको छ ।

रक्सौल–वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अध्ययनका लागि भारतीय आयल कर्पोरेसन आइओेसीको तीन सदस्यीय टोली नेपाल आएको हो । करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निमार्ण हुन गइरहेको भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज सम्मको ६९ दशमलब ९ किलोमिटरको दूरीमा पेट्रोलियम पाइपलाइन स्थापना गर्न लागिएको हो ।

रक्सौल–वीरगञ्ज–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना सन २०१७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हुँदा निर्माण प्रक्रिया ढिलो सुरु भएको हो ।्

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]