Radio Golden Live..

रोजगारी जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम

काठमाडौ,२४ कात्तिक ।सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो ।

बोर्डले निर्माण, होटल, सेक्युरिटी लगायतका विधाका तालिमहरु सञ्चालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए ।अदक्ष र अर्धदक्ष युवा जनशक्तिले विदेशमा बेर्होनुपरेको दुःख र पीडालाई ध्यान दिएर तालिम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

‘तालिम नलिई विदेश जाने युवाको आम्दानी राम्रो हुँदैन । सीप भएका युवालाई ठूलो दुःख भोग्नु नपर्ने अवस्था छ । त्यसैले यो वर्ष पनि १० हजार युवालाई तालिम दिने योजना ल्याएका हौं,’ बोर्डका कार्यकारी निर्देशक काफ्लेले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]