Radio Golden Live..

मुलुकमा राजनीतिक सन्तुलन कांग्रेसलेमात्र गर्नसक्ने दाबी : देउवा

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक सन्तुलन कांग्रेसलेमात्र गर्नसक्ने दाबी गरेका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले कांग्रेस २००७ सालदेखि लोकतन्त्रका लागि लडेको भन्दै ‘यो चुनाव पनि लोकतन्त्रकै लागि हो’–भने ।

उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई बहुमत दिएर विजयी गराउनुपर्ने जिकिर गरे । सोही कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसजस्तो इतिहास बोकेको पार्टीलेमात्र देशको विकास र परिवर्तनलाई व्यवस्थापन गर्नसक्ने दाबी गरे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]