Radio Golden Live..

आर्थिक समृद्धिको बाटोमा उन्मुख, वाम गठबन्धन

इलाम, २५ कात्तिक । पूर्वप्रधानमन्त्री एवंम् एमाले नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम्युनिष्ट गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताए ।

इलाम लक्ष्मीपुरका कार्यकर्तासँगको भेटघाटमा उनले अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदै आएको बताए ।

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता गरिएको उल्लेख गर्दै देशले छिट्टै निकास पाउने बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]