Radio Golden Live..

निर्वाचनमा मतदानका लागि ९ दिनमात्र वाँकी, दलहरु प्रचार प्रसार व्यस्त

काठमाडौ,१ मंसिर । पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदानका लागि ९ दिनमात्र वाँकी रहदा दलहरुले प्रचार प्रसारलाई तीव्रता दिएका छन । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा नेपाली कांग्रेस, कम्यूनिष्ट गठवन्धन, राप्रपा, राप्रपा लगाएतका दलहरुले चुनाव प्रचार अभियान तीव्र वनाएका हुन ।

कांग्रेस ३२ वटै जिल्लामा खटाएका केन्द्रीय प्रतिनिधिले प्रचार अभियानलाई तिब्र बनाएका छन । कांग्रेसका सबै भातृसंगठनहरु समते पहिलो चरमा निर्वाचन हुने जिल्लामा खटिएका छन ।

कांग्रेसले शीर्ष नेताहरुलाई चुनावी समेत आमसभाका लागि खटाएको छ । केन्द्रबाट खटिएका प्रतिनिधिले उमेद्वारसंग मतदाताको घरदैलो सम्मको प्रचारमा जुटेको केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक वालकृष्ण खाणले बताए । यस्तै कम्युनिष्ट कठबन्धनका अध्यक्ष द्धोय केपी ओली र पुष्पकमल दाहाल पहिलो चरणका ३२ जिल्ला राखिएका चुनाबीसभालाई सम्बोधन गर्न जुटेका छन । एमाले माओवादी केन्द्र सम्मिलित कम्यूनिष्ट गठवन्धनका अन्य नेता र भातृसंगठनहरु पनि प्रचार अभियानमा जुटेका छन ।

राप्रपाले, राप्रपा प्रजातान्त्रिक लगाएतका अन्य दलहरुले समेत चुनावी अभियान तिव्र वनाएका छन् । निर्वाच्न आयोगले पनि दलहरुले चुनावी प्रचार अभियानलाई नजिकबाट नियाली रहेको छ । निर्वाचनका खटिएका पर्यवेक्षक टोली पनि जिल्ला जिल्ला पुग्न थालेका छन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]