Radio Golden Live..

विष्फोटक पदार्थ बारुदसहित विप्लवका दुईजना कार्यकर्ता पक्राउ

धनगढी, ६ मंसिर । विष्फोटक पर्दाथ बारुदसहित आज कैलालीको सत्ती क्षेत्रबाट नेकपा माओवादी विप्लवका दुई कार्यकर्तालाई पक्राउ गरिएको छ ।

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रको सत्ती प्रहरी टोलीले करिब १२ किलो बारुदसहित नेकपा माओवादी विप्लबका जिल्ला सचिवालय सदस्य जीतबहादुर घर्तीमगर र लक्ष्मण सेठ्ठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरवहादुर बुढामगरले जानकारी दिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]