Radio Golden Live..

कडा सुरक्षा घेरामा ३२ जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतदान शुरु

काठमाडौं, १० मंसिर । विप्लव नेतृत्वको कडा सुरक्षा चुनौतिका बीच पहिलो चरण अन्तर्गत ३२ जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतदान शुरु भएको छ ।

हिमाली तथा पहाडी जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेपाल प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेनाको सुरक्षा घेरामा मतदान शुरु भएको गृहमन्त्रालयले जनाएको छ ।

निर्वाचन आयोगले मतदानमा प्रयोग हुने ६४ प्रकारका मतदान सामगी्र सबै ठाउँमा पुर्याइएकाले सबै ठाउँमा सकुशल रुपमा मतदान शुरु भएको जनाएको छ । मतदान केन्द्रमा सुरक्षा घेराभित्रै दुई दर्जन कर्मचारी एउटा मतदान केन्द्रमा खटिएका छन् ।

प्रदेशसभाका लागि ७२ निर्वाचन क्षेत्रमा ४ सय २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै पहिलो चरणको चुनावमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाताले मतदान गर्दैछन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]