Radio Golden Live..

बम विस्फोटनमा परि एक जना म्यादी प्रहरीको मृत्यु !

दाङ, १३ मंसिर । दाङको तुलसीपुरमा मंगलबार भएको बम विस्फोटनमा परि एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका म्यादी प्रहरी तुलसीपुर १८ निवासी १९ वर्षीय विनोद चौधरीको गएराति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ निवासी २३ वर्षीया जेनी डिसी, सल्यान जिल्लाको बागचौर गाउँपालिका वडा नं। ४ निवासी ४० वर्षीया देवीकुमारी डिसी र तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ निवासी ४० वर्षीय बमराज सुनारको अवस्था अझै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी सुधिरराज शाहीले जानकारी दिए।

उनीहरू तीनै जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको हो। यस्तै अन्य पनि घाइते छन् । मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरस्थित अरनीको मैदानमा आयोजित कार्यक्रम स्थलमा पुगेलगतै नजिकै बम विष्फोट भएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]