Radio Golden Live..

पूर्वमन्त्री रमेश लेखक दोधारा चाँदनीको घरदैलोमा !

कञ्चनपुर, १३ मंसिर । नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् ।

भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता लेखक मंगलबार प्रचारमा निस्केर दुई दिनसम्म दोधारा चाँदनी क्षेत्रमा प्रचार गर्ने काँग्रेसका क्षेत्रीय प्रवक्ता अफिलाल जोशीले बताए ।

लेखकले साविक चाँदनीमा वडा र टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरेका थिए । निर्वाचन क्षेत्र नं ३ मा बेदकोट नगरपालिका–८ सहित भीमदत्तका १९ र महाकाली नगरपालिका १० वडा पर्छन् । क्षेत्र नं ३ मा ९२ हजार मतदाता छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]