Radio Golden Live..

आर्सनल र लिभरपुलको शानदार जित, चेल्सी मुश्किलले विजयी

एजेन्सी, १४ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले हडल्र्सफिल्डलाई ५–० ले हराएर महत्वपूर्ण तीन अंक जोडेको हो । आर्सनलको जितमा ओलिभर जिरउडले दुई तथा एलेक्जेन्डर लेकाजेट, एलेक्स सान्चेज र मेसुट ओजिलले एक एक गोल गरे ।
जितपछि चौथो स्थानको आर्सनलको १४ खेलबाट २८ अंक भएको छ ।

अर्को खेलमा स्वान्सी सिटीलाई १–० ले हराएको तेस्रो स्थानको चेल्सीको १४ खेलबाट २९ अंक भएको छ । चेल्सीको जितमा ५५ औं मिनेटमा एन्टोनियो रुडिगरले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै स्टोक सिटीलाई ३–० ले हराएको पाँचौं स्थानको लिभरपुलको १४ खेलबाट २६ अंक भएको छ । लिभरपुलको जितमा मोहमद सालहले दुई तथा साडिओ मानेले एक गोल गरे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]