Radio Golden Live..

गोविन्द भन्छन्: गोपाल माथि छानविन होस् 

काठमाडौं । सर्वोच्च अदालतमा वयान दिने क्रममा डा. त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली न्यायाधीश हुन अयोग्य व्यक्ति भएकोले उनी माथि छानविन हुनुपर्ने वताएकाछन् ।

बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको भनेका छन्,अदालतमा बयान दिँदै आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका छन् ।

उनले आफुले न्यायालयको अपमान गर्ने कुनै मनसाय नभएको तर, भ्रष्ट नेतृत्व र न्यायाधीशविरुद्ध लड्ने उनले बताएका छन् । केसीलाई अदालतको मानहानी गरेको अभियोगमा हिजो सोमवार पक्राउ परि आज सर्वोच्चमा ल्याइएको थियो ।

सर्वोच्चको आदेशपछि पक्राउ परेका डा.केसीलाई विहानै अदालत लगिएको थियो । उनको बयान सकिएको छ र, संयुक्त इजलासमा बहस सुरु भएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]