Radio Golden Live..

ज्योतिष क्षेत्रको अग्रणी संस्था नेपाल ज्योतिष परिषद्को २० औ वार्षिक उत्सव सम्पन्न

महिला वालवालिका तथा समाजकल्याण राज्यमन्त्री कान्ता भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ज्योतिष तथा सनातन धर्म संग सम्बन्धीत विभिन्न ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले ज्योतिष विधा विज्ञानमा आधारित भई तथ्य र मान्यतामा चल्ने भएकाले यो मानव जीवनको लागि मार्गदर्शनकोरुपमा रहने उल्लेख गरे ।...

 

ज्योतिष क्षेत्रको अग्रणी संस्था नेपाल ज्योतिष परिषदको २० औ वार्षिक उत्सव भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । महिला वालवालिका तथा समाजकल्याण राज्यमन्त्री कान्ता भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ज्योतिष तथा सनातन धर्म संग सम्बन्धीत विभिन्न ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले ज्योतिष विधा विज्ञानमा आधारित भई तथ्य र मान्यतामा चल्ने भएकाले यो मानव जीवनको लागि मार्गदर्शनकोरुपमा रहने उल्लेख गरे ।

साथै उनिहरुले ज्योतिष क्षेत्रमा पछिल्लो समयमा केही विकृतीहरु देखिएकोमा चिन्ता ब्यक्त गर्दै यसलाई अगामी दिनमा मर्यादित र विश्वसनिय बनाउनको निम्ति सबै सरोकारवाला एक जुट हुनुपर्ने आवश्यक्ता औल्याए । कार्यक्रममा बोल्दै राज्यमन्त्री भट्टराईले धर्म सँस्कृति राष्ट्रको पहिचान भएकोले यसको रक्षाको निम्ति सबै एकजुट हुनुपर्नेमा जोड दिईन् । त्यस्तै कार्यक्रम संयोजक तथा नेपाल ज्योतिष परिषदका महासचिव सन्तोष वशिष्ठले नेपाल ज्योतिष परिषदले विभिन्न अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएर विभिन्न सम्मान तथा अवार्डहरुबाट विभुषित हुदै देशको नाम उचो राख्न सफल भएको उल्लेख गरे ।

कार्यक्रममा ज्योतिष परिषदका संस्थापक अध्यक्ष एवं विश्व ज्योतिष महासंघका अध्यक्ष डा . लोकराज पौडेल, ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष तथा वार्षिक उत्सव समारोहका सभापति माधवराज पाण्डे, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतम लगायतका बक्ताहरुले ज्योतिष विज्ञान, पञ्चाङ्ग, धर्म सँस्कृति, कर्मकाण्ड लगायतका विविध विषयमा धारणा राख्दै यस क्षेत्रलाई मर्यादित बनाउदै एकरुपता ल्याउनुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले कालसर्प योग तथा मृत्यु सँस्कारका सन्दर्भमा पछिल्लो समय उठेका केही बहसलाई प्रष्ट पार्ने कोशिस गरेका थिए । त्यस्तै महिला ज्योतिषहरुले राज्यबाट आफुहरुलाई अपेक्षीत सहयोग प्राप्त नभएकोमा गुनासो ब्यक्त गरे । कार्यक्रममा किराँत तथा मङगोल ज्योतिषहरुको समेत सहभागिता थियो ।

सो अबसरमा रसिया बाट नेपाल आइ ज्योतिष क्षेत्रमा लागेका रसियन ज्योतिषलाई हौसला स्वरुप सम्मान समेत गरियो । त्यस्तै सो क्षेत्रको प्रवद्र्धनको निम्ति योगदान गर्ने केही ब्याक्तित्वहरु समेत सम्मानित भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सहित अधिकाश बक्ताहरुले आफ्नोमन्तव्यको क्रममा सँस्कृत श्लोक एवम् वाणी वाचन गरेपछी समारोहको माहोल सुन्दर भएको थियो । कार्यक्रम पछि सञ्चारकर्मीहरुलाई सक्षिप्त प्रतिक्रिया दिदै युवा ज्योतिष तथा परिषद्का सचिव लक्ष्मण पन्थीले आफुहरु ज्योतिष क्षेत्रलाई मर्यादित र ब्यावस्थित बनाउन कटिबद्ध रहेको बताउँदै उनले भने–अन्तराष्ट्रिय मञ्चहरुमा ज्योतिष संगै देशको कला सँस्कृति र पर्यटनलाई समेत प्रर्बद्धन गर्न कोशिस गरिरहेका छौ ।” देश संघिय संरचनामा गएपछि परिषदले आफ्नो संगठनात्मक संरचना पनि संघिय स्वरुपमा नै परिमार्जित गरिसकेको छ । परिषदको १६ औ सम्मेलन प्रदेश नम्वर ५ को रुपन्देहीमा हुने कुरा महासचिव द्धारा जारी विज्ञप्तीमा जनाईएको छ । साथै २०७४ लाई भवन निर्माण बर्षको रुपमा अगाडि बढाइ तत्पस्चात आधुनिक वेदशाला निर्माण गर्ने लक्ष्य रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]