Radio Golden Live..

छयालीस स्थानीय तहको नाम र केन्द्र फेरियो 

काठमाडौं । मन्त्री परिषदको हालै वसेको वैठकले ४६ वटा स्थानीय तहको नाम र केन्द्र समेत परिवर्तन गरेको छ । सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा मन्त्रिपरिषदले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र हेरफेर गरिएको हो ।

परिवर्तन गरिएका स्थानीय निकायहरु मध्ये २३ वटा स्थानीय तहको नाम परिवर्तन भएको छ भने ३७ स्थानीय तहको केन्द्र परिवर्तन भएको छ । हिमाली जिल्ला मनाङका ५ मध्ये ४ गाउँपालिकाको नाम परिवर्तन भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सभाले नाम परिवर्तन गर्न सक्छ । तर, नाम र केन्द्र फेर्ने निर्णयको अनुमोदन स्थानीय विकास मन्त्रालयले गर्छ । यसरी फेरिएका स्थानीय तहहरु मध्ये धेरैजसो नाम जातीय, सांस्कृतिक र नदी सभ्यताका आधारमा हेरफेर गरिएको पाइएको छ ।
कहाँ कुनकुन फेरिए हेर्नुस् तालिका

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]