Radio Golden Live..

गृहमन्त्री र प्रहरी प्रमुखको राजीना माग

सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई काबारहीको लागि दवाव दिन बिहिबार सिंहदरबार अगाडि धर्ना दिइएको छ ।

‘निर्मलाको निम्ति न्याय’ अभियानका अभियन्ताहरुले सिंहदबारको दक्षिण गेटअगाडि धर्ना दिएका हुन् ।

धर्नाका क्रममा उनीहरुले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न भूमिका खेलेकाले कारबाही गर्न माग गरेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालको पनि राजीनामा माग गरेका थिए ।

पन्तको साउन १० गते बलात्कार पछि हत्या भएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]