Radio Golden Live..

जापानद्धारा नेपाललाई ३० करोड ८० लाख अनुदान

 काठमाडौं । जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत सैगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिवी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]