Radio Golden Live..

बालुवाटारमा प्रधानमन्त्री ओली र दाहालबीच गोप्य वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच गोप्य वार्ता भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टादेखि जारी वार्तामा दुई अध्यक्षबाहेक अरु कोही नेता नभएको बताइएको छ ।

वार्तामा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण र पार्टी्भित्रका असन्तुष्टि र सरकारका कामकारवाहीबारे उठेका सवालमा दुवै अध्यक्षबीच छलफल भइरहेको दाहालका प्रेश संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

दुबै अध्यक्ष विदेश भएका बेला नेकपाका तेस्रो वरियताका नेता माधव नेपालले प्रदेश कमिटी गठनप्रति आपत्ति जनाउदै स्थायी समिति सदस्यहरुको भेला गरेका थिए ।

प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिई विहीवार मात्रै स्वदेश फर्किएकाथिए भने दाहाल पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरबाट असोज १५ मा स्वदेश फर्किएका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]