Radio Golden Live..

सन् २०१८ को नोवेल शान्ति पुरस्कार मुराद र मुकवेजेलाई

काठमाडौं । सन् २०१८ को नोबेल शान्ति पुरस्कारले युद्धग्रस्त क्षेत्रमा बलात्कारको विरुद्धमा अभियान चलाउने अभियन्ताहरुलाई सम्मान गरेको छ।नादिया मुराद र डेनिस मुकवेजे पुरस्कारका बिजेता हुन्। मुराद इराकको याजिदि सम्प्रदायकी महिला हुन्, उनलाई इस्लामिक स्टेटका सेनाहरुले अत्याचार र बलात्कार गरेका थिए।

पछि उनी याडीपी सम्प्रदायको स्वतन्त्रता अभियानकी प्रमुख भइन्। मुवेजे कंगोका गाइनोकोलोजिस्ट हुन्, उनी र उनको टोलीले दश हजार पिडितको उपचार गरेका थिए। यो वर्ष ३ सय ३१ ओटा संस्था र व्यक्तिहरुको नाम यो प्रतिष्ठित शान्ति पुरस्कारमा परेको थियो।

विजेताको घोषणा शुक्रबार नोर्वेको राजधानी ओस्लोमा भएको थियो। ‘यो पुरस्कार उनीहरुको ‘युद्धको हतियारको रुपमा यौन हिंसाको प्रयोग समाप्त पार्ने प्रयास’ को लागि दिइएको हो।’ नोबेल कमिटिका कार्यकारी अध्यक्ष बेरिट रेइस एडरसेनले भने, ‘यस्तो युद्धमा हुने अपराधमा ध्यान केन्द्रित गरेर र लडेर महत्पूर्ण योगदान दिएका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]