Radio Golden Live..

मलेसियाविरुद्ध नेपालको शानदार जीत

काठमाडौं। कप्तान पारस खड्काको शानदार अर्धशतकमा नेपालले आइसीसी विश्व ट्वान्टी ( २० एसिया उपक्षेत्रीय छनोटमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ।

शनिबार बिहान भएको खेलमा नेपाललाई जारी प्रतियोगतामा लगातार दोस्रो जीत मिलेको हो। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले दुई विकेट क्षतिमा ४५ बल बाँकी छदै पूरा गर्‍यो। मलेसियाले १० विकेट गुमाउँदै १०० रनमात्र बनाएको थियो।

क्वालालम्पुरमा भएको खेलमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामीको कसिलो बलिङसामू मलेसियाका खेलाडीले खुलेर खेल्न सकेनन्। जारी छनोट प्रतियोगितामा नेपालको यो दोस्रो खेल थियो।

पहिलो खेलमा नेपालले म्यानमारलाई पराजित गरेको थियो। नेपालले तेस्रो खेलमा थाइल्याण्ड, चौथो खेलमा भुटान,पाँचौ खेलमा चीन र छैठौँ तथा अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]