काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा आइतबार अपरान्ह चार बजे बस्ने बैठकमा पछिल्लो समय पार्टीभित्र देखिएका विवाद समाधान गर्न बैठक बस्न लागेको नेकपा स्रोतले जनाएको छ।
पछिल्लो समय पार्टीका अध्यक्षद्वयको कार्यशैलीमाथि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल असन्तुष्ट रहेका छन्। उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली विदेशमा रहेको बेलामा संसदमा सरकारको आलोचना गर्नुका साथै छुट्टै चियापानको समेत आयोजना गरेका थिए।
त्यस्तै पार्टीका दुई अध्यक्ष विदेशमा रहेको बेलामा पार्टीको अध्यक्षको जिम्मेवारी पनि कसैलाई नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।