Radio Golden Live..

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा क्याभानो नियुक्त

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको सिफारिसमा क्याभानो नियुक्तिको प्रस्ताव अमेरिकी सिनेटले पारित गरेको हो।

यौन दुब्यर्वहार तथा बलात्कार प्रयास गरेको आरोप लागेका क्याभानोलाई राष्ट्रपति ट्रम्पले सिफारिस गरेलगत्तै विरोध शुरु भएको थियो। वासिङटनमा क्याभानोको नियुक्त प्रक्रिया चलिरहँदा सयौंले प्रदर्शन गरेका थिए।

अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधिक निर्वाचन अघि क्याभानोको नियुक्तिलाई सिनेटमा रिपव्लिकनको राजनीतिक जितको रुपमा हेरिएको छ। अमेरिकी सर्वोच्च अदालतको आजिवन न्यायाधीश हुने क्याभानोले रिपलब्लिकन पक्षका कानुन परिवर्तनमा मुख्य भूमिका खेल्ने अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]