Radio Golden Live..

ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु

काठमाडौं । । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए ।
कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर सडकबाट ३० मिटर तल खसेको थियो ।

ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]