Radio Golden Live..

हैटीमा शक्तिशाली भूकम्प,१० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक हैटीमा गएको शक्तिशाली भूकम्पमा परेर १० जनाको मृत्यु भएको छ ।

हैटीको उत्तरी क्षेत्र पोर्ट डपाइक्सलाई केन्द्रविन्दू बनाएर गएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पमा परेर थु्रपै्र घाइते भएका छन् ।

भूकम्पका कारण सयौं संरचनामा क्षति पुगेको छ । भूकम्पले विभिन्न ठाउँमा रुख र बिजुलीको पोल ढलेकाले सवारी आवागमन प्रभावित बनेको छ ।

भूकम्पले र्पुयाएको क्षतिको सम्पूर्ण विवरण भने प्राप्त भएको छैन ।

हैटीमा सन् २०१० मा गएको ७ दशमलव १ म्याग्नेच्युडको भूकम्प जाँदा ३ लाख मानिसको मृत्यु भएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]