Radio Golden Live..

राष्ट्रिय सभाबाट ११ वटा विधेयक छलफल नै नगरी पारित गरेको खुलासा

काठमाडौं । राष्ट्रिय सभाले ११ वटा महत्वपूर्ण विधेयकहरु छलफल नै नगरी पारित गरेको भेटिएको छ । आइतबार संसदीय मामिला पत्रकार समाजको प्रशिक्षण कार्यक्रममा कानुनविद् समेत रहेका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले प्रतिनिधि सभाबाट पारित भएका ती विधेयकहरु राष्ट्रिय सभामा छलफल नै नभई पारित भएको बताए ।

संसद्को दुवै सदनमा विधेयक बारे छुट्टाछुट्टै छलफल पछि पारित गर्ने प्रावधान भए पनि राष्ट्रिय सभाले समय अभावका कारण छलफल बिना नै पारित गरेको हो । उनले आफुहरुले केही विधेयकहरु पल्टाएर हेर्नसम्म पनि नपाएको भन्दै गुनासो गरे ।

अधिकारीले भेदभाव तथा छुवाछुत ऐन–२०६८ लाई संशोधन गर्न बनेको विधेयक, सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अनिवार्य तथा निस्शुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, रोगजारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफल विना नै पारित गरिएको बताए ।

 

 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]