Radio Golden Live..

कूल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत सहकारीको योगदान

काठमाडौँ । सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करीब पाँच प्रतिशत योगदान गरेको छ । सहकारी क्षेत्रले मुलुकमा ६४ हजारलाई रोजगारी प्रदान गर्नुका साथै वित्तीय क्षेत्रमा २१ प्रतिशत योगदान गरेको पाइएको छ । मुलुकमा ३४ हजार ५१२ सहकारी रहेकामा बचत तथा ऋण परिचालन गर्ने करीब १५ हजार सहकारी छन् ।

रिलायबल बचत तथा ऋण सहकारी संस्थाको २० औँ साधारणसभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले हाल सहकारीमा ६४ लाख शेयर सदस्य रहेकामा ५१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए ।

काठमाडौँमा कार्य क्षेत्र रहेको उक्त सहकारी संस्थाका अध्यक्ष ओमदेवी मल्लले साधारणसभामा संस्थाको चुक्ता पूँजी रु एक करोड ९७ लाख छ भने निक्षेप रु १२ करोड र ऋण रु आठ करोड रहेको जानकारी दिए । एक हजार ६५ सदस्य रहेको उक्त सहकारीले अहिले रु १५ करोडको कारोवार सञ्चालन गरेको छ ।
रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]