Radio Golden Live..

नेकपा सचिवालयको बैठक वालुवाटारमा सुरु

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगाएतका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकले स्थायी कमिटीको मिति र एजेण्डा तय गर्ने सचिवालयका एक सदस्यले बताए । अशोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुङ्गो लगाएको थियो । तर, उक्त बैठकको निर्णयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ ।

सचिवालयका बरिष्ठ नेता नेपालले सार्वजनिकरुपमै प्रदेश पदाधिकारीको विषयलाइ लिएर असन्तुष्टि जनाएका थिए । यसअघि बसेको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए ।विदेश भ्रमणमा रहेका बेला सचिवालयले प्रदेश पदाधिकारीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]