Radio Golden Live..

नेकपा सचिवालयको बैठक निष्कर्षविहीन

अर्को बैठक बुधबार बस्ने

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको बैठक २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको नेता वामदेव गौतमले जानकारी दिए ।

सोमबार बसेको बैठकले पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिइने अपेक्षा गरिएपनि त्यसबारे कुनै छलफल नै नभई बैठक स्थगित भएको हो ।
सोमबारको बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि, सरकारको समीक्षा, प्रधानमन्त्रीको विदेश भ्रमणको ब्रिफिङ र स्थायी कमिटी बैठकको मिति तय गर्ने एजेण्डा थियो ।

झण्डै तीन घण्टा चलेको बैठकमाद्धय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो विदेश भ्रमणका विषयमा जानकारी गराएका थिए । यसअघि बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयनको विषयलाई लिएर ओली र दाहालले ब्रिफिङ गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]