Radio Golden Live..

जनताको अपेक्षा पूरा गर्न सकिएन छोटो अवधिमा : मुख्यमन्त्री पौडेल

काठमाडौं ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको अवधि छोटो भएकाले जनताको अपेक्षा पूरा नसकिएको बताएका छन्। सोमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै मुख्यमन्त्री पौडेलले जनताको अपेक्षा धेरै भए पनि ७ महिनाको अवधिमा अपेक्षा पूरा गर्न प्रदेश सरकार असमर्थ रहेको स्वीकार गरेका छन ।

मुख्यमन्त्रीले प्रतिपक्षले साथ दिएको अवस्थामा पनि काम गर्न नसकेकोमा सबैले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै कानुन निर्माणमा धेरे समय खर्चिंदा विकासमा ध्यान दिन नसकेकोमा आफैँ पनि सन्तुष्ट नरहेको बताए।

तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताउँदै उनले केन्द्र सरकारसँग आफूहरूले विवाद नभई अधिकार मागेको बताए। कानुन निर्माणको कामलाई पनि निरन्तरता दिँदै विकासका कामलाई अघि बढाई प्रदेश सरकारको अनुभूति हुने गरी अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]