Radio Golden Live..

काङ्ग्रेसको भूमिकामा कमजोर : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए ।
कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताए । उनले नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ भन्दै उनले संसदीय दल कमजोर बनेको बताए ।
अर्काे एक प्रसङ्गमा उनले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताए । नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]