Radio Golden Live..

नर्सहरु पुगे सडकमा बलात्कारविरुद्ध थाल ठटाउँदै

काठमाडौं । बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरेका छन ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो ।

प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए ।

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रदर्शन हुँदै आएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]